अपाङ्गता भएका व्यक्तिहरूलाई यौन तथा प्रजननल स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरियो
शिक्षा स्वास्थ्य रोजगार दृष्टिविहीन युवाहरूको अधिकार भन्ने मूल नाराका साथ आइतबार धनगढीमा नेत्रहीन युवा संघ नेपालले अपाङ्गता भएका व्यक्तिहरू लाई यौन तथा प्रजननल w सम्बन्धी सचेतना मूलक कार्यक्रम गरेको छ ।
कैलाली जिल्लाका स्वास्थ्य निकायहरूलाई अपाङ्गता भएका व्यक्तिहरू लाई कसरी यौन तथा प्रजननल स्वास्थ्य सम्बन्धी अधिकार लाई कसरी सम्मावेसी गराउन सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेत्रहीन युवा संघ नेपालले जानकारी दिएको छ ।
अपाङ्गता भएका किशोर किशोरी तथा युवाहरूको यौन तथा प्रजननल सम्बन्धी अन्य व्यक्ति सरह समान अधिकार उपयोग हुन नसकेको र अपाङ्गता भित्र पनि विविधता भएकाले समावेशी गर्न उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेत्रहीन युवा संघ नेपालका महासचिव राम चन्द गैरेले जानकारी दिए ।
सरकार अपाङ्ग प्रति उत्तरदायी नभएकाले आफूहरूले विभिन्न कार्यक्रमहरू मार्फत सरकारलाई दबाब दिइरहेको उनले बताए । अपाङ्ग भएका व्यक्तिहरूको क्षमता विकासका कार्यक्रम पनि गदै आइरहेको उनले बताए ।कार्यक्रममा स्वास्थ्यकर्मी,दृष्टिविहीन लगायत विभिन्न संघसस्थाका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
अस्पतालमा अपाङ्गता भएका व्यक्तिहरूका लागी यौन तथा प्रजननल स्वास्थ्यको सेवाहरू उपलब्धता हुन नसकिरहेको उनले बताए । अस्पतालमा दृष्टिविहीन भएका व्यक्तिहरूले थाहा पाउने गरी सूचना नभएकाले स्वास्थ्यकर्मीहरू लाई अपाङ्गमैत्री जनचेतना दिनका लागि भए पनि कार्यक्रम गरिएको उनले जानकारी दिए ।
१५ मंसिर २०७७, सोमवार १०:४२ बजे प्रकाशित













