अछामको मार्कुमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु
अछामको मार्कुमा आज बिहान बुस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ७ डाडा गाउँमा बिहान बस दुर्घटना हुँदा १९ वर्षका निरज कुँवर मृत्यु भएको छ । आज विहान मङ्गलसैनदेखि धनगढी जान लागेको ना ५ ख ९९७२ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा बसमा सवार अधिकांश यात्रु घाइते भएको अछाम प्रहरीले जनाएको छ । यद्यपि बसमा कति जना सवार थिए भन्ने खुलेको छैन । बसका चालक यज्ञराज पाण्डे र बस मालिक पनि घाइते भएका छन् । घाइते सबैलाई अछामको बयालपाटा अस्पताल लगिएको छ । बस कसरी दुर्घटना भयो भन्ने अझै खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।
१५ मंसिर २०७७, सोमवार १०:४५ बजे प्रकाशित













