punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडी किशोरी बलात्कार प्रकरणमा वडाध्यक्षसहित थप ४ जना पक्राउ

Chaupati
safha napa

बैतडीको सिगास गाउँपालिका ३ की १८ वर्षीया किशोरी बलात्कार प्रकरणमा वडा अध्यक्षसहित थप ४ जनालाई पक्राउ गरेको छ। शनिबार साँझ सिगास गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शेरसिंह साउँदसहित थप ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पनि पक्राउ गरिएकोजिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
। योसँगै किशोरी बलात्कार प्रकरणमा ६ जना पक्राउ परिसकेका उनले बताए ।

यसअघि गएको बिहीबार सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिइएको उनले बताए । उनीहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए ।

बलात्कार घटनाका मुख्य आरोपित सिगास ३ का दीपकसिंह धामी भने फरार रहेका प्रहरीले जनाएको छ । उनी पहिला नै भारत भागीसकेको प्रहरीले जनाएको छ । सिगास गाउँपालिका ३ की १८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको र गत असार १४ गते गाउँमै तमसुक बनाएर सो घटना मिलाउन खोजिएको थियो ।

तमसुकमा पीडित पक्षलाई कार्तिक मसान्तभित्र एकतोला सुन दिने भनिएको थियो । पीडित पक्षलाई सुन नदिएपछि बलात्कारको घटना बाहिर आएको हो । यो घटना बाहिर आएपछि प्रहरीले यसलाई गम्भीरताका साथ लिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए।

घटनामा मुख्य आरोपित फरार रहेपछि घटनालाई ढाकछोप गर्ने वडा अध्यक्षसहितका व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षकअधिकारीले जानकारी दिए ।


१४ मंसिर २०७७, आइतवार १४:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु