punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा एक जना शिक्षिकाको मृत्यु

Chaupati
safha napa

डोटीमा एक जना शिक्षिकाको मृत्यु भएको छ ।
आइतबार बिहान जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर ४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु ९खड्का० को अकस्मात मृत्यु भएको छ।

विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरीक्षकका रुपमा सहभागी हुन विद्यालय नजिक पुग्दै गर्दा एक्कासी बेहोस भएर उनी ढलेकी इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छन ।

बेहोस भएकी शिक्षिकालाई उपचारका लागि जोरायल गाउँपालिकाको रावतकट्टेमा रहेको जोरायल फार्मेसीमा लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाले जानकारी गराए ।

मृतक शाहु २०७६ वैशाखदेखि बालविकास सहजकर्ताका रुपमा विद्यालयमा कार्यरत रहेकी शिक्षक मीनबहादुर रोकायाले जानकारी दिए।


१४ मंसिर २०७७, आइतवार १३:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु