ट्रकले मोटरसाईकललाई ठक्कर दिदाँ कन्चनपुरमा एक जनाको मृत्यु
कन्चनपुरमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदाँ प्रहरी एक जनाको मृत्यु भएको छ ।आइतबार पूर्व पश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ५ छम्फापुर नजिक सडक दुर्घटनामा हुदाँ प्रहरी हवल्दार राम बहादुर विष्टको मृत्यु भएको हो ।
जिल्लाको झलारी बाट महेन्द्रनगर आउदै गरेका विष्ट सवार लु १२ प ५१५ नम्बरको मोटरसाइकल र से १ च १४०६ नम्बरको ट्रक एकआपसमा ठोक्किदा प्रहरी हवल्दारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवत्ता एवम प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले जानकारी गराए।
उनका अनुसार विष्ट दोधारा–चादँनी झुलुङगे पुल स्थित प्रहरी चौकीमा कार्यरत थिए । ठक्कर दिने ट्रक र चालक यग्यराज भट्टलाई प्रहरीकोे नियनत्रणमा रहेको डिएसपी थापाले जानकारी गराए ।
१४ मंसिर २०७७, आइतवार १३:४१ बजे प्रकाशित































