सुनको मूल्य आजपनि घट्यो, कति छ आज ?
सुनको मूल्य आज तोलामा थप एक हजार रुपैयाँ घटेको छ । यससँगै सुन प्रतितोला ९१ हजार पाँच सयमा झरेको छ ।
सुन हिजो प्रतितोला ९२ हजार पाँच सय रुपैयाँका कारोबार भएको थियो । सुन हिजो पनि अघिल्लो दिनको तुलनामा एक हजार आठ सय रुपैयाँका दरले घटेको थियो ।
त्यस्तै, चाँदी तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार एक सय ७५ मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार एक सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
१० मंसिर २०७७, बुधवार १२:१० बजे प्रकाशित































