नेपाल आयल निगमले आफ्नै लगानीमा २० वटा अत्याधुनिक पेट्रोल पम्प सञ्चालन गर्ने
नेपाल आयल निगमले आफ्नै लगानीमा २० वटा अत्याधुनिक पेट्रोल पम्प सञ्चालन गर्ने भएको छ। निगमले महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग र कर्णाली राजमार्ग गरी २० वटा अत्याधुनिक पेट्रोल पम्प सञ्चालन गर्ने भएको हो ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार बजारमा उपस्थित जनाएर नमुना पम्प बनाएर सेवा उपलब्ध गराउन निगमले पम्प सञ्चालन गर्न लागेको हो। पेट्रोल पम्पबाट निजी क्षेत्रको कारोबारमा कुनै अवरोध नआउने निगमले दाबी गरेको छ। चौबिसैघण्टा सेवा पु¥याउने गरी पाँच प्रमुख राजमार्गमा २० वटा अत्याधुनिक पेट्रोल पम्प सञ्चालन गर्ने सञ्चालन गर्न लागिएको हो।
पम्प सञ्चालनका लागि निगमले जग्गा उपलब्ध गराइदिन स्थानीय तहसँग पत्राचारसमेत गरेको छ। पम्प निर्माणका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउन नमाने जग्गा खरिद गरेर पनि योजना अघि बढाइने निगमलका कार्यकारी निर्देशक पौडेलकाले बताएका छन।
जग्गाबाहेक पम्प निर्माण गर्न पाँच करोडको हाराहारीमा लगानी लाग्ने निगमले जनाएको छ। देशभर १ हजार ५ सय २८ पम्प सञ्चालनमा छन् । नेपाल आयल निगमले सुदूरपश्चिम क्षेत्रमा ९० दिनका लागि इन्धन भण्डार गृह निर्माण गर्न जग्गा खोजी गर्न सुरु गरेको छ ।
आइतबार जग्गा खोजी गर्ने क्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, निगमका कार्यकारी निर्देशक पौडेललगायतको टोलीले कैलालीको शिवशक्ति महिला सामुदायिक वन क्षेत्रको अनुगमन गरेका छन् ।
८ मंसिर २०७७, सोमवार १४:२४ बजे प्रकाशित































