punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वभर कोरोना संक्रमणबाट एकैदिन ११ हजार बढीको मृत्यु

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट एकैदिन ११ हजार बढीको मृत्यु भएको छ वर्ल्डोमिटर्सको तथ्यांकअनुसार ११ हजार २७ जना संक्रमितले ज्यान गुमाएका छन् ।

योसंगै शनिबार बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ लाख ७६ हजार ७४९ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २।३८ प्रतिशत हो। हालसम्म विश्वभर पाँच करोड ७८ लाख ८८ हजार १२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ६९।२६ प्रतिशत अर्थात् चार करोड ९३ हजार १७३ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड ६४ लाख १८ हजार ९० जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ६० हजार २२६ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप एक हजार ८९३ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६८ हजार ६६२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ३२ हजार ७६४ जनाको मृत्यु भइसकेको छ।


६ मंसिर २०७७, शनिवार ०७:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु