सुदूरपश्चिममा थप ६५ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

सुदूरपश्चिममा शुक्रबार थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार सय ६३ जनाको स्वावको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीकाअनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३८ र डडेल्धुरा अस्पतालको प्रयोगशालखामा २७ जनामा कोरोना संक्रमण देखिएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पुष्टि भएका ३८ जना सबै कैलालीकै हुन् ।

डडेल्धुरामा पुष्टि भएको २७ जनामध्ये दार्चुलाका १७ जना, डडेल्धुराका पाँच जना, बैतडीका तीन जना र बाजुरा र डोटीका एक÷एक जना हुन् । यससंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ६ सय ६९ पुगेको छ । त्यसमधये हालसम्म आठ हजार आठ सय ६१ जनाले कोरोना जितेका छन् ।

प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या एक हजार सात सय ७२ पुगेको छ । हालसम्म प्रदेशमा ३५ जनाले ज्यान गुमाइसकेका छन् । शुक्रबार मात्रै कैलालीको धनगढी उपमहानगरपालिका ५ का ५५ वर्षीय पुरुष र गौरीगंगा नगरपालिका–७५ वर्षीया महिलाको गरि दुई जनाको मृत्यु भएको छ ।


५ मंसिर २०७७, शुक्रवार १८:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु