punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ५० हजार नाघ्यो

Chaupati
safha napa

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या दुई लाख ५० हजार नाघेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म अमेरिकामा कोरोनाबाट दुई लाख ५० हजार ४८५ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि एक करोड १५ लाख नाघेको छ ।

संक्रमित संख्या वा मृतक संख्याको आधारमा अमेरिका कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक हो । पछिल्लो समय अमेरिकामा पुनः कोरोना संक्रमित तथा मृतकको संख्या बढ्न थालेको छ ।

अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले अहिले निकै महत्वपूर्ण समयमा अमेरिका गलत बाटोमा अघि बढिरहेको बताएका छन् । उनले आगामी दिनमा अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्यामा वृद्धि हुन सक्ने चेतावनी दिएका छन् ।

उनले मानिसहरुलाई अब केही समय धैर्य गरेर स्वास्थ्य सुरक्षाको मापदण्डहरु पालना गर्न आग्रह गरेका छन् । उनले कोरोनाविरुद्ध लड्नको लागि खोप सहयोगीको रुपमा आउन लागेको बताएका छन् ।

अमेरिकाको न्युयोर्क सहरमा पछिल्लो समय पुनः कोरोना संक्रमण बढेसँगै बिहीबारदेखि विद्यालयहरु बन्द गरिएको छ ।

 


४ मंसिर २०७७, बिहीवार १२:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु