punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बलात्कारविरुद्ध अभियान : ‘दमनकारी राज्य हो बलात्कारी’

Chaupati
safha napa

बलात्कारविरुद्धको अभियान अन्तर्गत शनिबार कैलालीको धनगढीमा युवतीहरुको समूहले रचनात्मक प्रदर्शन गरेका छन् । बलात्कारका घटनाबाट पीडितहरुले न्याय पाउनुपर्नेलगायतका नारासहित धनगढीको पार्कमोडमा कालो पहिरनमा रहेका युवतीहरुको समूहले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सबै जनाले कालै कपडा र आँखामा कालोपट्टी बाँधेका थिए । स्वतन्त्र रुपमा विभिन्न उमेर समूहका युवतीहरू प्रदर्शनमा सहभागी थिए ।

‘‘अझै कति सहने’ भन्ने मूल नाराका साथ युवतीहरुले नृत्य शैलीमा धिमे बाजामा बलात्कारविरुद्धका नारा लगाए । ‘नो मिन्स नो, इट वाज नट हर ड्रेस इट वाज योर इभिल माइण्ड’ लगायतका नारासहितका प्लेकार्ड बोकी युवतीहरूले ‘दमनकारी राज्य, हो बलात्कारी’, बलात्कार होस् तँ’ भन्दै प्रदर्शन गरे।

अभियानकी नेतृत्वकर्ता अञ्जली केसीले शनिबार देश भर यस प्रकारको बलात्कार विरुद्धको प्रदर्शन भएको बताइन् । देशभर दिनहुँ जसो बलात्कारका घटना भइरहेका भएपनि राज्य मौन बसेको
बताइन् । उनले बलात्कारका घटना नियन्त्रण गर्ने कुरामा राज्यले केही गर्न नसकेको आरोप लगाइन् ।

पछिल्ला दिनमा बलात्कार र यौन हिंसा विरुद्ध चिलीबाट सुरु भएको महिला आन्दोलनमा प्रयोग भएको ‘द रेपिस्ट इज यु’ गीत अहिले विश्वभर बलात्कार विरुद्ध भइरहेका प्रदर्शनमा प्रयोग भइरहेको छ ।

तल्लो तहबाट नै यौन शिक्षा दिने तथा प्रहरी र नागरिक समाजबाट बलात्कार विरुद्ध जनचेतना जगाउन आवश्यकता रहेको अभियानकर्ता केसीले बताइन् । बलात्कारका घटनाको राम्ररी छानबिन हुनुपर्ने र बलात्कारीलाई केही समयपछि रिहा गर्ने नभई कडा कारबाही हुनुपर्ने उनको भनाइ छ ।

‘देशकै उच्च पद राष्ट्रपतिका रुपमा महिला रहेपनि बलात्कारका घटना कम गर्ने विषयमा पहल हुन सकेको छैन,’ उनले भनिन्, ‘यसअर्थमा बलात्कारका घटना हुनमा राज्यको पनि कमजोरी छ भन्ने भनाई हो ।’

समाजमा पछिल्लो समय बलात्कारका घटना झन् बढ्दै गइरहेका छन् । दोषीलाई कारबाही गर्न कडा कानून अबलम्बन गर्नुपर्छ भन्ने आवाज उठिरहेका बेला युवतीहरुको समूहले बलात्कार विरुद्धको नयाँ शैली अपनाएका छन् ।


२२ कात्तिक २०७७, शनिवार १८:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु