punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महिलालाई सेनेटरी प्याड र बेबी डाइपर बनाउने तालिम

Chaupati
safha napa

कैलारी गाउँपालिकाले महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउने सेनेटरी प्याड र डाइपर बनाउने तालिम दिन थालेको छ ।

कैलारी गाउपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा समिक्षा महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा वडा नं. ७ अन्तर्गतका २० जना महिलालाई सो तालिम दिन लागिएको हो ।

सात दिनसम्म सञ्चालन हुने तालिमको एक कार्यक्रमकाबीच गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौँवा थारुले उद्घाटन गरिन् । उनले महिलाले तालिम पश्चात गाउँघरमै रोजगारी पाउने आशा व्यक्त गरिन् । उनले गाउँपालिकाबाट विभिन्न किसिमका सीप मूलक तालिम दिएर गाउँघरमा रहेको वेरोजगार युवा लगायत, लक्षित वर्ग समुदायका महिलाहरुलाई रोजगार बनाउने लक्ष्य लिएको बताइन् ।

सहकारीकी अध्यक्ष उर्मिला चौधरीले तालिम पश्चात सहकारी मार्फत आफ्नै सेनेटरी प्याड र डाइपर उत्पादन गर्ने उद्योग स्थापना गर्ने बताइन् । उद्घाटन कार्यक्रममा वडा नं। ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरी, महिला बालबालिका शाखा प्रमुख बालकुमारी चौधरी लगायतको समेत उपस्थिति रहेको थियो ।


२० कात्तिक २०७७, बिहीवार १६:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु