सुहाना र अनमोलन अभिनित चलचित्र ‘ए मेरो हजुर–३’ सार्वजनिक
झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर–३’ युट्युबमा सार्वजनिक भएको छ। सुनिल कुमार थापाले निर्माण गरेको यो चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा र कलाकार सलोन बस्नेतको मुख्य भूमिका छ।
चलचित्र हलमा प्रदर्शनमा आएको डेढ वर्षपछि युट्युबमा सार्वजनिक भएको हो। चलचित्रले हलमा राम्रो व्यापार गरेको थियो। युटुबमा आउनु अगाडि यो चलचित्रलाई विदेश तथा टेलिभिजनमा पनि प्रदर्शन गरिएको थियो।
यो चलचित्रमा अनमोललाई सुपरस्टारको भूमिकामा देखाइएको छ भने सुहानालाई उनको फ्यानको भूमिकामा देखाइएको छ। यहि चलचित्रबाट निर्देशक झरनाकी छोरी सुहानाले नेपाली चलचित्र क्षेत्रमा इन्ट्री मारेकी हुन्। उनको अभियनको खुबै प्रशंसा गरिएको थियो।
चलचित्रको अर्को सिरिज ‘ए मेरो हजुर(४’ मा पनि सुहाना र अनमोल नै देखिनेछन्। जसको छायांकनको काम भइरहेको छ। जुन चलचित्र प्रेम कथामा बन्न लागेको छ ।
२० कात्तिक २०७७, बिहीवार १६:२७ बजे प्रकाशित































