भजनी नगरपालिकाको कार्यालय बन्द
कर्मचारीमा कोरोना देखिएपछि कैलालीको भजनी नगरपालिकाको कार्यालय बन्द गरिएको छ ।
नगरपालिका कार्यालयले आज जारी गर्दै भजनी नगरपालिकाको कार्यालय पाँच दिनका लागि बन्द गरिएको जनाएको हो । नगरपालिकाको कार्यालय कार्तिक २१ गतेदेखि २५ गतेसम्मका लागि बन्द गरिएको कार्यालयले जनाएको छ ।
२० कात्तिक २०७७, बिहीवार १६:१४ बजे प्रकाशित































