सुखडमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, आफन्तद्वारा सडक अवरुद्ध
कैलालीको सुखडमा ट्याक्टरले माटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार एक जनाको मृत्यु भएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका १ घोडाघोडी मन्दिर नजिकै पश्चिमबाट पूर्व तर्फ गइरहेको से १ च ५०४८ नम्बरको ट्याक्टरले सोही दिंशामा गइरहेको से ५ प १७६३ नम्बरको मोटर साइकललाई ठक्कक दिंंदा मोटरसाइकल चालक सोही नगरपालिकाको वडा नम्बर ४ का सुरेश लामिछानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सुख्खडका इन्चार्ज एवं प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार दुर्घटनामा परी गम्भिर घाइते लामिछानेलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
यता मृतकका आफन्तले भने बिना जानकारी मुचुल्का बनाएर घटना लुकाउन खोजेको भन्दै पर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२० कात्तिक २०७७, बिहीवार १४:५८ बजे प्रकाशित































