कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु

कैलालीमा नदीमा डुबेर दुईजना बालिकाको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ५ सरैयाकी ११ वर्षीया अस्मिता ढुंगेल र ९ वर्षीया अर्चना विष्टको कान्द्रा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । नदीमा नुहाउने क्रममा वेपत्ता भएका उनीहरु मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

स्थानीयको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले बालिकाको खोजी गरेको थियो । प्रहरीकाअनुसार उनीहरु गाईबस्तु चराउन गएका बेला नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।


९ कात्तिक २०७७, आइतवार १८:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु