थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या डेढ लाख नाघ्यो
पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ सय २९ जनाको मृत्यु भएको छ । हालसम्म १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् भने ४६ हजार ६ सय ९१ जना संक्रिय संक्रमित छन् ।
आज सबैभन्दा बढी काठमाडौं उपत्यकामा २ हजार ७ सय २० जना संक्रमित थपिएका छन् । जसनसमध्ये काठमाडौंका २३५७, ललितपुरका २३६ र भक्तपुरका १२७ जना छन् ।
७ कात्तिक २०७७, शुक्रवार १६:५६ बजे प्रकाशित































