प्रहरी जवान साउँदको शव नदीबाट निकालियो
मोहना नदीमै आज विहान फेला परेको प्रहरी जवान रामबहादुर साउदको शव निकालिएको छ ।
उनको शव पोष्ट मार्टमको लागि सेती प्रादेशिक अस्पताल ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट इन्चार्ज एंव प्रहरी निरिक्षक गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा जवान साउदको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउँदको शव नदीमा भेटिएको बताए ।
उनका अनुसार शवको अधिकांश भाग कुहिएको अवस्थामा फेला परेको अवस्थामा छ ।
४ कात्तिक २०७७, मंगलवार १३:०१ बजे प्रकाशित






























