punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वेपत्ता प्रहरी जवान साउदको पनि शव भेटियो

Chaupati
safha napa

धनगढी स्थित अस्थायी प्रहरी पोष्ट जुगेडाका वेपत्ता प्रहरी जवान रामबहादुर साउदको शव पनि भेटिएको छ  । करिव ६० घण्टादेखि वेपत्ता प्रहरी जवान साउदको शव मोहना नदीमा आज फेला परेको हो ।

गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र जवान साउद वेपत्ता भएका थिए ।

प्रहरीले बिकको शव आइतबार बिहान नेपाल–भारत सीमास्थित मोहना नदीमा विभत्सरुपमा हत्या गरेको अवस्थामा फेला परेको थियो भने वेपत्ता साउदको खोजी जारीराखेको थियो ।

प्रहरीले बिकको हत्यामा संलग्न गिरोहलाई पक्राउ गरिसकेको जनाएको छ भने घटनामा संलग्न मध्ये केही अझै फराररहेको बताएको छ । प्रहरीले उनीहरुको खोजी तिव्ररुपमा गरिरहेको बताएको छ ।

 


४ कात्तिक २०७७, मंगलवार ११:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु