प्रहरी हत्या प्रकरणमा मुख्यमन्त्रीको चासो, डीआईजीबाट लिए जानकारी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी उपमहानगरपालिका–१२ जुगेडाका प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवान हत्या प्रकरणबारे चाँसो राखेका छन् ।
मुख्यमन्त्री भट्टले असई गोविन्द विक र जवान रामबहादुर साउँद हत्याबारे सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीसंग जानकारी लिएका छन् । शनिवार राति धनगढी उपमहानगरपालिका–१० जुगेडा गस्तीमा गएका बेला असई बिक र जवान साउँदको तस्करहरुले निर्ममता पूर्वक हत्या गरेका थिए।
घट्नाबारे चासो व्यक्त गर्दै मुख्यमन्त्री भट्टले प्रहरीले प्राप्त गरेको उपलब्धी र घट्नाका बारेमा डिआईजी सुवेदीसंग बिस्तृत जानकारी लिए । डिआईजी सुवेदीले जुगेडा घट्नामा प्रहरीले जारी राखेको कारबाही, अनुसन्धान र हालसम्म प्राप्त उपलब्धीका बारेमा मुख्यमन्त्री भट्टलाई जानकारी दिएका थिए ।
४ कात्तिक २०७७, मंगलवार १५:०१ बजे प्रकाशित






























