वेपत्ता प्रहरी जवान साउदको पनि शव भेटियो
धनगढी स्थित अस्थायी प्रहरी पोष्ट जुगेडाका वेपत्ता प्रहरी जवान रामबहादुर साउदको शव पनि भेटिएको छ । करिव ६० घण्टादेखि वेपत्ता प्रहरी जवान साउदको शव मोहना नदीमा आज फेला परेको हो ।
गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र जवान साउद वेपत्ता भएका थिए ।
प्रहरीले बिकको शव आइतबार बिहान नेपाल–भारत सीमास्थित मोहना नदीमा विभत्सरुपमा हत्या गरेको अवस्थामा फेला परेको थियो भने वेपत्ता साउदको खोजी जारीराखेको थियो ।
प्रहरीले बिकको हत्यामा संलग्न गिरोहलाई पक्राउ गरिसकेको जनाएको छ भने घटनामा संलग्न मध्ये केही अझै फराररहेको बताएको छ । प्रहरीले उनीहरुको खोजी तिव्ररुपमा गरिरहेको बताएको छ ।
४ कात्तिक २०७७, मंगलवार ११:३४ बजे प्रकाशित












