बैतडीमा जनप्रतिनिधि नै चोरीमा संलग्न ! वडा सदस्यसहित ४ जना समातिए

बैतडी । बैतडीमा चोरीको आरोपमा कार्यपालिका सदस्यसहित चार जना पक्राउ परेका छन् ।

दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य बिनोद लुहारसहित चार जना चोरीको आरोपमा पक्राउ परेका हुन् ।

कार्यपालिका सदस्य वडा सदस्य बिनोद लुहार, महेश कुहार, तबिराम लुहार र लक्ष्मण मौनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

एक महिना अघि मात्रै दशरथचन्द नगरपालिका-५ आल गाउँका जयदेव भट्टको घरमा कोही नभएको मौका छोपी घरको छत फुटाएर तामाका भाडाकुडा चोरी भएको थियो ।
थियो ।

सोही चोरीको घटनामा संलग्न रहेको आरोपमा चारै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


१२ असोज २०८३, सोमवार १३:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु