सेती अस्पतालमा बजेट अभाव कि खर्च गर्न नसक्ने समस्या ?
धनगढी। प्रादेशिक अस्पतालको सेवा सुधारको विषय लामो समयदेखि उठ्दै आएको छ। मुख्यमन्त्री खगराज भट्टले पनि अस्पतालको सेवा सुधारलाई सरकारको प्राथमिकतामा राख्दै बजेट अपुग भए प्रदेश सरकारले थप रकम उपलब्ध गराउने बताउँदै आएका छन्।
तर, के सेती प्रादेशिक अस्पतालमा सेवा सुधार हुन नसक्नुको मुख्य कारण बजेट अभाव नै हो यसबारे विगत तीन आर्थिक वर्षमा अस्पतालले प्राप्त गरेको बजेट र गरेको खर्चको अवस्थालाई हेर्दा तस्वीर फरक देखिन्छ।
अस्पतालले अस्पताल व्यवस्थापन समितिको आम्दानी, पुँजीगत, चालु र संघीय ससर्त गरी चार शीर्षकमा बजेट प्राप्त गर्दै आएको छ। यी चारै शीर्षकमा पछिल्ला तीन आर्थिक वर्षमा करिब २ अर्ब ६५ करोड रुपैयाँ बजेट प्राप्त भएको देखिन्छ। तर, सोही अवधिमा करिब २ अर्ब २१ करोड रुपैयाँ मात्रै खर्च भएको छ। अर्थात्, प्राप्त बजेटमध्ये करिब ४४ करोड रुपैयाँ खर्च हुन सकेको छैन।
अस्पताल व्यवस्थापन समितितर्फको आम्दानी तीन वर्षमा करिब १ अर्ब २७ करोड रुपैयाँ रहेकोमा खर्च भने करिब १ अर्ब ९ करोड रुपैयाँ भएको छ। यसअनुसार गत आर्थिक वर्षसम्म समितितर्फ करिब १८ करोड रुपैयाँ बचत रहेको देखिन्छ।
त्यस्तै, संघीय ससर्त बजेटतर्फ तीन वर्षमा कारब ३८ करोड रुपैयाँ प्राप्त भएकोमा करिब ३२ करोड ५० लाख रुपैयाँ खर्च भएको छ।
पुँजीगत बजेटतर्फ तीन आर्थिक वर्षमा करिब १२ करोड ८६ लाख रुपैयाँ विनियोजन भएको थियो। तर, त्यसको करिब ५ करोड १६ लाख रुपैयाँ मात्रै खर्च भएको छ। यसले पुँजीगत बजेट कार्यान्वयनको अवस्था कमजोर रहेको देखाउँछ।
चालु बजेटतर्फ तीन आर्थिक वर्षमा करिब ८७करोड रुपैयाँ प्राप्त भएकोमा करिब ७४ करोड रुपैयाँ खर्च भएको छ। यस शीर्षकमा मात्रै करिब १३ करोड रुपैयाँ खर्च हुन नसकी फ्रिज भएको देखिन्छ।
त्यसैगरी, अस्पतालले विशेष अनुदान शीर्षकमा प्राप्त गरेको २ करोड रुपैयाँसमेत खर्च गर्न सकेको छैन। यी तथ्यांकले सेती प्रादेि अस्पतालको सेवा सुधारमा बजेटको उपलब्धता मात्रै मुख्य समस्या नभएको देखाउँछन्। अस्पतालले प्राप्त गरेको बजेटको ठूलो हिस्सा खर्च गर्न नसकेको अवस्थामा सेवा सुधारका लागि थप बजेट सावश्यक छ भने तर्कसँगै
मात्रै मुख्य समस्या नभएको देखाउँछन्। अस्पतालले प्राप्त गरेको बजेटको ठूलो हिस्सा खर्च गर्न नसकेको अवस्थामा सेवा सुधारका लागि थप बजेट आवश्यक छ भन्ने तर्कसँगै उपलब्ध बजेटको प्रभावकारी कार्यान्वयन र व्यवस्थापनको प्रश्न पनि उत्तिकै महत्वपूर्ण देखिन्छ।
१२ असोज २०८३, सोमवार १२:५६ बजे प्रकाशित














