सुदूरपश्चिममा वर्षाले बन्द सवारीसाधन चल्न थाले
धनगढी । सुदूरपश्चिम प्रदेशमा वर्षाका कारण सेवा बन्द गरेका सवारीसाधन चल्न थालेका छन् । अविरल वर्षा रोकिएपछि स्थानीय प्रशासनले सोमबार बिहानदेखि लामो तथा छोटो दूरीका सवारीसाधन चलाउन अनुमति दिएका छन् ।
प्रशासनको अनुमतिपछि प्रदेशका ७ पहाडी जिल्लामा तीन दिनदेखि सेवा बन्द गरेका सार्वजनिक तथा निजी सवारीसाधन चल्न थालेकोे प्रहरीले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार सोमबार बिहानदेखि लामो तथा छोटो दूरीका सवारीसाधन सबै जिल्लामा चल्न थालेका हुन् । मौसम विज्ञान विभागले सुदूरपश्चिममा भारी वर्षाको सम्भावना अब नरहेको जनाएको छ ।
१२ असोज २०८३, सोमवार १३:०४ बजे प्रकाशित














