कांग्रेसले खोल्यो मुस्ताङबाट जितको खाता, योगेश विजयी
नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले १ हजार ५ सय १ अन्तरले एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् । यद्यपि, मुख्य निर्वाचन अधिकृतको कार्यालयले नतिजाको औपचारिक घोषणा गरेको छैन ।
गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा निकटतम प्रतिश्पर्धी विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत पाउँदा अरु दल निकै कम अंकमा समेटिए ।
यसअघिको प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेसका उम्मेदवार गौचन नै विजयी भएका थिए ।
२२ फागुन २०८२, शुक्रवार १२:३३ बजे प्रकाशित













