punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका ४ क्षेत्रमा मतगणना सुरु, तीनमा रास्वपा र एकमा कांग्रेसको अग्रता

Chaupati
safha napa

धनगढी।प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशका चार निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ। हालसम्म कैलाली क्षेत्र नम्बर १ र कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको निर्वाचन अधिकृतका कार्यालयहरूले जनाएका छन्।
प्रारम्भिक मतपरिणाम अनुसार कैलाली क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार जनक चौधरी अग्रस्थानमा रहेका छन्। उनलाई स्वतन्त्र उम्मेदवार फागुराम थारुले पछ्याइरहेका छन्।
यस्तै कञ्चनपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जनक सिंह धामी अग्रस्थानमा छन्। उनलाईनेकपा (एमाले)का उम्मेदवार तारालामा तामाङले पछ्याइरहेका छन्।
कञ्चनपुर क्षेत्र नम्बर २ मा रास्वपाका दीपक बोहरा अग्रस्थानमा रहेका छन् भने उनलाई नेपाली कांग्रेसका एनपी साउदले पछ्याइरहेका छन्।
त्यसैगरी कञ्चनपुर क्षेत्र नम्बर ३ मा पनि रास्वपाका ज्ञानेन्द्र महता अग्रस्थानमा रहेका छन्। उनलाई नेपाली कांग्रेसका हरि बोहराले पछ्याइरहेका छन्।
मतगणना जारी रहेकाले प्रारम्भिक परिणाममा परिवर्तन हुन सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन्। अन्य निर्वाचन क्षेत्रहरूमा मतगणनाको तयारी भइरहेको जनाइएको छ।

 


२२ फागुन २०८२, शुक्रवार १२:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु