punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुला कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

Chaupati
safha napa

खलङ्गा (दार्चुला)। सदरमुकाम खलङ्गास्थित जिल्ला कारागार कार्यालयको सुरक्षा जिम्मा नेपाली सेनाले सम्हालेको छ। बिहीबारदेखि कारागार सुरक्षार्थ नेपाली सेना परिचालन गरिएको हो।

सदरमुकाममै रहेको श्रीदल गुल्मबाट सहसेनानी अन्वेश गुरुङको नेतृत्वमा १० जनाको टोली कारागार सुरक्षाका लागि खटिएको छ। यसअघि उक्त कारागारको सुरक्षा नेपाल प्रहरीले गर्दै आएको थियो। हाल प्रहरी टोली पनि कारागार सुरक्षामा यथावत् खटिएको जनाइएको छ।

सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण आयोजनामा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार दार्चुला कारागारमा नेपाली सेना तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए। उनका अनुसार सरकारको निर्देशनबमोजिम आवश्यक समन्वय गरी सुरक्षा व्यवस्थापन अघि बढाइएको हो।


२ फागुन २०८२, शनिवार ०९:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु