punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा बृद्वाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

Chaupati
safha napa

दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देबलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका–८ कै अन्दाजी २३ वर्षीय उमेश साउद र बैतडी घर भएका २३ वर्षकै गोपाल नाथ रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाका अनुसार पक्राउ परेका साउद ट्याक्टर चालक हुन् भने नाथ उनको सहयोगीका रूपमा काम गर्थे । मृतक जोशीका छिमेकी समेत रहेका ट्याक्टर चालक साउदकै योजनामा जोशीको हत्या गरेर गरगहना लुटपाट गरिएको पाइएको प्रहरीले जनाएको छ । डीआईजी रानाकाअनुसार उनीहरूले जोशीको हत्यापछि लुटपाट गरेका गरगहना समेत बरामद गरिएको छ । झन्डै दुई तोला बराबरका गरगहना बरामद गरिएका छन् ।

उनीहरू मध्ये साउद चोरी मुद्दामा ११ महिना जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् भने नाथले पनि चार महिना कैद सजाय भोगेका थिए । उनीहरू लागूऔषध दुव्र्यशनीमा समेत संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ । बयानका क्रममा दुवै जनाले अभियोग स्वीकार गरेका छन् । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ । संघीय प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक ९सई० पदमबहादुर थापा नेतृत्वमा खटिएको टोलीले घटनाको सफल अनुसन्धान गरेको हो ।


१ फागुन २०८२, शुक्रवार १५:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु