सुदूरपश्चिमबाट कांग्रेसको पदाधिकारीमा काे–काे भए उम्मेदवार ?
धनगढी। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको प्रथम नामावली सार्वजनिक गरेको हो।
सार्वजनिक नामावलीअनुसार कांग्रेसको पदाधिकारीमा सुदूरपश्चिमबाट तीन जनाको उम्मेदवारी परेको छ। सुदूरपश्चिमबाट कांग्रेस महामन्त्रीमा नैनसिंह महरले उम्मेदवारी दिएका छन्। डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि चुनिएका महर नेविसंघका पूर्वअध्यक्ष पनि हुन्। उनी १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
यस्तै, सहमहामन्त्री दलित क्लस्टरमा बझाङका प्रकाश रसाइली ‘स्नेही’ले उम्मेदवारी दिएका छन्। उनी विशेष महाधिवेशनमा पनि सहमहामन्त्री चयन भएका थिए।
यस्तै, सहमहामन्त्री पिछडिएको क्षेत्रबाट जनकराज गिरीले उम्मेदवारी दिएका छन्। उनी बाजुराबाट प्रतिनिधिसभा सदस्य हुन्।
२१ असोज २०८३, बुधवार १२:१४ बजे प्रकाशित














