११औँ महाधिवेशनमा पृथ्वीसुब्बा गुरुङको महासचिवमा दाबी
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीको ११औँ महाधिवेशनमा आफू महासचिवको दाबेदार रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले ११औँ महाधिवेशनमा आफ्नो दाबी महासचिव पदका लागि भएको बताए । “महासचिव नै दाबी गरिरहेको छु नि मैले । दाबी त गर्न पाइयो नि,” उनले भने ।
साथै,उनले महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली नै अध्यक्ष बन्नुपर्ने बताए । उनी ओलीलाई नै तेस्रोपटक अध्यक्ष बनाउनुपर्ने पक्षमा उभिएका छन् । एमालेको महाधिवेशन मंसिर २७–२९ मा हुँदै छ ।
१५ मंसिर २०८२, सोमवार १५:०७ बजे प्रकाशित































