सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। साताको  पहिलो  कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो।

शुक्रबार तोलाको १ लाख ८८ हजार ५ सयमा कारोबार भएको सुन आज बढेर १ लाख ८८ हजार ८ सयमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ। शुक्रबार तोलामा १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँमा कारोवार भैइरहेको छ।


१८ जेठ २०८२, आइतवार ११:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु