punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली कञ्चनपुरमा पावरटिलर दिने भन्दै किसानलाई ठग्दै आएकी सुशिला खड्कासहित दुई जना पक्राउ

Chaupati
safha napa

धनगढी। एक वर्षदेखि कैलालीर कञ्चनपुर जिल्लास्थित किसानहरुलाई पावरटिलर मेसिन दिने भन्दै रकम असुलेर ठगी गरेको आरोपमा सुरो नेपालकी अध्यक्ष सुशिला खड्का ओझा पक्राउ परेकी छिन् । खड्का सँगै पावर टिलर बाँड्ने भन्दै किसानबाट रकम असुलीमा संलग्न रहेकी धनगढीको बंग्रा घर भएकी सुनिता चौधरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले उनीहरुलाई शनिबार काठमाडौंबाट पक्राउ गरी कञ्चनपुर ल्याएको बताए । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्थानीय किसानको ठगी सम्बन्धी उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिए । सुशिला खड्काले विभिन्न व्यक्ति, समूह, सहकारीलाई परिचालन गरी प्रति किसानबाट ५० हजारदेखि एक लाख ३० हजार रुपैयाँसम्म रकम संकलन गर्दैआएका छिन् । उनको समूहले हालसम्म हजारौं किसानबाट रकम संकलन गरिए पनि हालसम्म पावरटिलर नदिएको हो ।


१८ जेठ २०८२, आइतवार ०९:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु