punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रदेश प्रमुुखले गरे सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरिएको छ।

बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख नजिर मियाँलाई सिफारिस गरेको थियो। सोही अनुसार प्रदेश प्रमुखले ११ जेठमा पहिलो बैठक बस्नेगरि बजेट अधिवेशन आह्वान गरेको उनको सचिवालयले जनाएको छ।

प्रदेश प्रमुखका स्वकीय सचिव साविर मियाँले सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरेको जानकारी दिए। मन्त्रीपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ।


२ जेठ २०८२, शुक्रवार १०:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु