punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रेशम पक्षले घनश्यामलाई मन्त्री बनाउदै

Chaupati
safha napa

धनगढी । नागरिक उन्मुक्ति पार्टी नाउपा भित्र पुनः पुरानै रेशम र रञ्जिता गुट सक्रिय देखिएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको लागि कैलाश चौधरीको नाम सिफारिस गर्दा पार्टी संरक्षक रेशमलाल चौधरी पक्षले घनश्याम चौधरीको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

बैशाख ३० गते बसेको नाउपा संसदीय दलको बैठकले मन्त्रीको लागि केन्द्रीय समितिसँग रायसहितको सिफारिस माग गर्ने निर्णय गरी पत्रचार गरेको थियो ।
सोही पत्रको जवाफमा बैशाख ३१ गते पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीको नाम सिफारिस गरी संसदीय दललाई पठाएकी थिइन् । तर पार्टी अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउनको लागि पठाएको निर्देशनात्मक सिफारिस पत्रले तीब्र मतभेद सिर्जना गरेको हो । नाउपाभित्र कैलाश चौधरी पार्टी अध्यक्ष श्रेष्ठ निकट मानिन्छन् ।

अर्कोतिर रेशम पक्षले पार्टी अध्यक्ष श्रेष्ठको निर्देशनको ठाडै इन्कार गर्दै मन्त्रीको लागि घनश्याम चौधरीको नाम मुख्यमन्त्री कमलबहादुर शाहलाई पठाएको हो । नाउपा संसदीय दलका प्रमुख सचेतक इन्दिरा गिरीले बुधबार राति नै संसदीय दलको निर्णयसहित मन्त्रीको लागि घनश्याम चौधरीको नाम मुख्यमन्त्री कार्यालयलाई पठाएको पुष्टि गरिन् । नाउपा संसदीय दलको नेता समेत रहेका घनश्याम चौधरी रेशम पक्षीय सांसद हुन् ।

नाउपा संसदीय दलले बुधबार राति मुख्यमन्त्री कार्यालयलाई पत्र पठाएपछि पत्र अझै नपाएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए ।
मुख्यमन्त्री शाहले नाउपा संसदीय दलको पत्र म सँग अझै पुगेको छैन । हिजो बुधबार दिउँसो उहाँहरु सहमति गरेर नाम पठाउने भन्नुभएको थियो । अझै म कहाँ पुगेको छैन ।’

सुदूरपश्चिममा नाउपाका ७ जना सांसद छन् । जसमा रेशम पक्षको बहुमत हुँदा कैलाश चौधरीलाई मन्त्री बनाउने पार्टी अध्यक्ष श्रेष्ठको चाहना क्षीण बन्दै गएको हो ।

सुदूरपश्चिम सरकारमा नाउपाको भागमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय परेको छ । विवादित अडियो प्रकरणमा नाउपाबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका लक्ष्मण किशोर चौधरीले चैत्र १६ गते राजीनामा दिएका थिए । उनको राजीनामा दिएको डेढ महिनासम्म पनि नाउपाले अर्को मन्त्री पठाउन सकेको थिएन । मन्त्री नहुँदा सो मन्त्रालयको कामकाज प्रभावित भएको थियो ।

 


१ जेठ २०८२, बिहीवार ११:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु