punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारत भ्रमणमा निकै उपलब्धिपुर्ण रह्यो – मुख्यमन्त्री शाह

Chaupati
safha napa

कैलाली । ऐतिहासिक भारत भ्रमण सकेर सुदुरपश्चिमका मुख्यमन्त्री माननीय कमल बहादुर शाह सहितको टोली आज सडकमार्ग भएर स्वदेश फर्किएको छ । एकसाता भ्रमणका लागि गत १६ गते भारत सरकारको निमन्त्रणामा काठमाण्डौबाट दिल्लि गएको प्रदेश सरकारको टोली लखनउ हुदै आज धनगढी फर्किएको हो ।

धनगढी फर्किए लगतै संचारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री शाहले भेट्घाटका क्रममा अनुभव आदानप्रदान, दोहोरो सम्बन्ध, सिमानाकाको समस्या, बिकासमा सहकार्य, धार्मिक, सास्कृतिक लगायतका बिबिध पक्षमा छलफल भएको बताए ।

भेटघाटका क्रममा सीमानाकामा हुने समस्या लगायत लागुऔषध नियन्त्रणका क्रममा भारत सरकारले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको मुक्ख्यमन्त्री शाहले बताए ।

त्यस्तै, धनगढी गौरिफंटा हुदै पलिया पुग्ने सडक स्तरन्नोती, टीकापुर खक्रौला हुदै तिकुनिका पुग्ने सडक निर्माणका बारेमा समेत भारतीय समकक्षी सकारात्कम भएको बताउदै मुख्यमन्त्री शाहले सुदुरपश्चिममा निर्माणाधिन योजनाका बारेमा समेत जानकारी गराइएको बताए ।

गत मंगलबार भारत सरकारको निमन्त्रणामा मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय भ्रमण टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौबाट भारत भ्रमणमा गएको थियो। नेपाल संघीय गणतान्त्रिक मुलुक भएपश्चात दुबै देशको तर्फबाट मुख्यमन्त्री स्तरिय ‍औपचारिक विदेश भ्रमण पहिलो पटक भएको हो ।
 


२३ वैशाख २०८२, मंगलवार १९:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु