punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तीन तहका सरकार बीच अस्तित्व स्वीकार गर्ने वातावरण निर्माण गर्न आवश्यक छ : मुख्यमन्त्री शाह

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीनतहको सरकार बीछ सम्बन्ध प्रगाढ बनाउनु पर्ने बताउनु भएको छ । बिहीबार प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम प्रादेशिक इकाईले धनगढीमा आयोजना गरेको प्रदेश तथा स्थानिय तहबीच अन्तरसम्बन्ध सुदृढीकरण तथा बजेट सम्बन्धी छलफल कार्यक्रमको उदघाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

तीन तहको सरकारले एकअर्काको अस्तित्व स्वीकार गर्ने वातावरण निर्माण गर्न आवश्यक रहेको छ मुख्यमन्त्री शाहले भने, अर्काको अस्तित्व स्विकार्ने वातावरण नहुँदा अवस्था जटिल बन्छ । बजेट निर्माणमा सधैँ हामीले त्रुटि गरिरहने र जनताले सधैँ गुनासो गरिरहने परिपाटीलाई ,पटक पटक दोहोर्याउने हो, भने संघीय संरचनामा हामी उभिएको व्यर्थ हुनेछ, मुख्यमन्त्री शाहले भने सही रुपमा परिचालन हुने हिसाबले बजेट निर्माण गर्नुपर्दछ । मुख्यमन्त्री शाहले ‌एकसाताको औपचारिक भारत भ्रमण फलदायी भएको जानकारी गराए ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानाले कार्यसूची प्रस्तुत गर्दै स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

उक्त अन्तरक्रिया कार्यक्रममा विभागिय मन्त्रीहरु, विषयगत समिति सभापतिहरु, प्रदेशसभा सदस्य, मुख्यसचिब, विभागिय सचिबहरु र सुदूरपश्चिमका सबै पालिका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

 


२५ वैशाख २०८२, बिहीवार १५:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु