punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राजा फर्काउने सपना देख्नु र वीरेन्द्रको वंश फर्काउँछु भन्नु एउटै होः ज्ञावाली

Chaupati
safha napa

धनगढी। एमालेका उपाध्यक्ष युवराज ज्ञावालीले नेपालमा राजतन्त्र फिर्ता नहुने बताएका छन्। उनले धनगढीमा एमालेको विशेष भेलालाई सम्बोधन गर्दै राजा फकाउँछौँ भन्नु र वीरेन्द्र शाहको वंश फकाउँछौँ भन्नु एउटै रहेको बताएका छन्। राजा फर्काउने कुरा सामान्य लागेपनि यसको कुनै सम्भावना नरहेको उनले बताए।

विशेष सभालाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञावालीले केही मण्डलेहरू भएको विकासलाई समेत पछाडी धकेल्ने कुचेष्टाका साथ राजाका कुरा गरिरहेको भन्दै त्यो नेपाली जनताले स्विकार्न नसक्ने दावी गरे। राजाको शासन र जनताको शासन बिच तुलना गर्न आग्रह गर्दै उपाध्यक्ष ज्ञावालीले राजाले जनता माथि दमन बाहेक केही नगरेको बताए। फेरि पूर्व राजाले जनभावना विपरीत बोलेर देशमा अराजकता मचाउन खोजेको भन्दै उनले जनमतको कदर गर्न आग्रह गरे।

विभिन्न झुटा कुराले जनतालाई भड्काउन खोजिएको बताउँदै उनले सही गलत छुट्याएर मात्र निर्णय लिन आग्रह गरे। उनले भने, ‘राजाको कालमा कति बाटा पिच थिए ? अहिले कति छन्? राजाको पालामा के के अधिकार पाउनुभएको थियो, अहिले के छन्, यि कुरा हेर्नुस, त्यसैले राजा फर्काउनु भनेको पिच भएका बाटापनि कच्चीनै बनाउनु सरह हो, पाएका अधिकार पनि सबै गुमाउनु सरह हो। यस्ता राजा भन्दै हिन्ने मण्डलेका पछाडी नलाग्नुहोला, हामीले अगाडी बढ्ने हो पछाडी हेर्ने होइन।’

धनगढीमा आयोजित सभालाई पाटी महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्ट लगायतका नेताहरूले सम्बोधन गरेका छन् ।


२९ चैत २०८१, शुक्रवार १७:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु