punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

केएमसीको स्ववियु अध्यक्षमा नेविसंघका पन्त विजयी 

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलाली बहुमुखी क्याम्पस (केएमसी)को  स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी सङ्घका उम्मेदवार सन्तोष पन्त विजयी भएका छन् । चैत २७ गते सम्पन्न निर्वाचनको बिहीबार दिउँसोबाट मतगणना सुरु भए पनि राती केही विवादका कारण मतगणना स्थगित भएको थियो ।

शुक्रवारको अन्तिम मत परिणाम अनुसार पन्तले अखिल क्रान्तिकारीका उम्मेदवार पवन सुनार र अनेरास्ववियुका उम्मेदवार यमराज जोशीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्  । पन्तले ८२७ मत ल्याउँदा अखिल क्रान्तिकारीका सुनारले ५५८ मत ल्याए भने अनेरास्ववियुका जोशीले ४२७ मत ल्याउन सकेका हुन् । यस्तै सचिवमा पनि नेविसंघकै उम्मेदवार ओम प्रकाश वस्ती,कोषध्यक्षमा अखिल क्रान्तिकारीका उम्मेदवार धर्मराज तिम्लिसेना निर्वाचित भएका छन् ।

तीन हजार ५ सय ९० मतदाता रहेको यहाँ दुई हजार ५५ मत खसेको थियो । चुनावमा सहभागी हुन क्याम्पसमा विभिन्न ११ ओटा सङ्गठन तथा समूहबाट विद्यार्थीहरूले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका थिए ।

को हुन् निर्वाचित अध्यक्ष पन्त ?

पन्त कैलाली बहुमुखी क्याम्पस एमबिए पहिलो सेमेस्टर अध्ययनरत विद्यार्थी हुन् । उनी २०७९/८१ को स्ववियू सचिव समेत हुन् । केएमसीको विद्यार्थी साहित्य प्रतिष्ठानको अध्यक्षमा रहेर काम गरेको अनुभव समेत उनिसंग रहेको छ ।  यस्तै बोलन्या थली संस्थाको सचिव,रोष्ट्रयाक्ट क्लब अफ धनगढीको उपाध्यक्ष, नेपाल जेसीजको राष्ट्रिय जुनियर जेसीस संयोजक,धनगढी जुनियर जेसीजको अध्यक्ष, क्रेटिभ चिल्र्डेन क्लब पुलिस स्कुल धनगढीको अध्यक्ष लगायत अन्य सङ्घ संस्थामा रहेर काम गरेको अनुभव पन्तसँग रहेको छ ।


२९ चैत २०८१, शुक्रवार १५:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु