punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा १६ थान मोटरसाइकलसहित साढे १९ लाखको भन्सार छलीका सामान बरामद

Chaupati
safha napa

कञ्चनपुर। कञ्चनपुरमा १६ थान मोटरसाइकल सहित साढे १९ लाखको भन्सार छलीका सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय बेलडाडीबाट खटिएको प्रहरी टोलीले अन्दाजी १० लाख ४५ हजार, इलाका प्रहरी कार्यालय गड्डचौकीले ८ लाख ५५ हजार २०० प्रहरीचौकि फटैयाले २७ हजार २०० र अस्ताइ प्रहरीबिट मझगाउँले २५हजार गरि जम्मा १९ लाख, ५२ हजार ४०० मुल्य बराबरकोे भन्सार छलीको सामान आइतवार बरामद गरेको हो।

उक्त मूल्य बराबरको भन्सार छलीका कागजात नभएका १६ थान मोटरसाइकल विभिन्न मोबाइलका डिस्प्ले, ग्लास, चार्जर, विभिन्न मोबाइलका पार्टसहरू, साडी, थान कपडा, कुरकुरे,र चस्मा फेला लगायतका सामान बरामद गरी थप कारबाहीको लागी भन्सार कार्यालय पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ।

 


११ चैत २०८१, सोमवार १५:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु