punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा अनुमति बिना जंगलमामा बसेका विदेशी नागरिक अझै फर्केनन्

Chaupati
safha napa

कैलाली। कैलालीको सिमली जङ्गलमा अनुमति बिना गैरकानुनी तरिकाले बसेका विदेशी नागरिक अझै फर्किएका छैनन् ।जिल्लाको घोडाघोडी नगरपालिका-९ को सिमली जङ्गलमा बसेका विदेशी नागरिकलाई २४ घण्टाभित्र ठाउँ छाड्न निर्देशन दिए पनि बस्दै आएका जङ्गल तत्काल नछाड्ने अडान लिएपछि प्रहरी खाली हात फर्केका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार २४ घण्टाभित्रै जङ्गल छाड्न निर्देशन दिएको थियो । निर्देशनपछि १३५ जनामध्ये ४५ जनाले जङ्गल छाडेर गइसकेका छन् भने ‘अझै करिब ६०–७० जना बाँकी छन्।इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घ साउदले प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि केही व्यक्ति आफ्नो गन्तव्यतर्फ गए पनि धेरैले अझै जङ्गल नछाडेको बताए ।

करिब १५ दिनदेखि भारत, अमेरिका, चीन जापानलगायत देशका एक सयभन्दा बढी नागरिक बसोवास गरेर अस्वाभाविक गतिविधि गर्दै आएको स्थानीयले गुनासो गरेपछि बिहीबार प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुखसहितको समूहले स्थलगत अनुगमन गरेको थियो ।विकीपीडियाका अनुसार रेन्बो फ्यामिली एक स्वतन्त्र, प्राकृतिक जीवनशैली अपनाउने र शान्तिको पक्षमा उभिने समुदाय हो । यसको इतिहास १९७० को दशकको अमेरिकी हिप्पी आन्दोलनबाट सुरु भएको र हाल यो विश्वभर फैलिएको छ ।

सन् १९८० र ९० को दशकमा अमेरिकाबाहिर युरोप, ल्याटिन अमेरिका र एसियामा पनि यस्ता जमघट हुन थालेको बताइन्छ । रेन्बो ग्यादरिङको उद्देश्य स्वतन्त्र, नियमविहीन, पैसारहित र समुदायमैत्री जीवनशैली अपनाउनु रहेको बताइन्छ ।त्यहाँ भारत, अमेरिका, चीन, जापान लगायत ३८ देशका एक सय बढी नागरिकहरु छन् ।


११ चैत २०८१, सोमवार १३:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु