बझाङमा एउटा जिप दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौं । बझाङको मष्टा गाउँपालिका– १ स्थित औंलाचौकामा एउटा जिप दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
उक्त जिप दुर्घटना भएको अवस्थामा सोमबार बिहान भेटिएको बझाङ प्रहरीले जनाएको छ । दुर्घटना आइतबार राति भएको हुनसक्ने अनुमान गरिएको छ
प्रारम्भिक जानकारीअनुसार दुर्घटनाबाट कुनै मानवीय क्षति भएको छैन । यससम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
११ चैत २०८१, सोमवार १२:५४ बजे प्रकाशित