कैलालीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, ६ जना घाइते

धनगढी। कैलालीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना भएको छ।

जोशीपुर गाउँपालिका–५ वनकट्टामा सुदूरपश्चिम प्रदेश ०१०२००१ त १५१८ नम्बरको जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ। घाईतेहरुको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर र चालक बर्दगोरिया–२ बस्ने ३९ वर्षीय दिपक बमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


२६ माघ २०८१, शनिवार ०८:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु