punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एनआरवाइसीले जित्यो बिडिसिए इलाइट कपको उपाधि

Chaupati
safha napa

बैतडी। बैतडीमा सम्पन्न २१औँ संस्करणको रेडियन्ट ग्यास बिडिसिए इलाइट कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणशैनी युवा क्लब (एनआरवाइसी)ले हात पारेको छ।

आज सम्पन्न फाइनल खेलमा पञ्चकोटी युवा क्लबमाथि एक सय ९९ रनले हराउँदै एनआरवाइसीले उपाधि हात पा¥यो। उपाधिसँगै एनआरवाइसीले रु एक लाख पुरस्कार पायो भने पञ्चकोटीले रु ५० हजारमा चित्त बुझायो। दशरथचन्द खेलमैदान, सुन्दरखालीमा पहिला ब्याटिङ गरेको एनआरवाइसीले निर्धारित ४० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ८६ रन बनायो। जसमा सुरज बोहराले शतकीय पारि खेले। ‘म्यान अफ दी फाइनल’ समेत सुरजले अविजित एक सय ६९ रन बनाए।

यस्तै, सचिन भट्टले ४६ रनको योगदान गरे। पञ्चकोटीका गोविन्द थापा, सुमित बुडाल र सुरज बुडालले तीन/तीन विकेट लिए। जवाफी ब्याटिङ गरेको पञ्चकोटी १९.२ ओभरमा ८७ रनमा समेटियो। उसका जीवन कार्कीले सर्वाधिक ३४ रन हिर्काए। एनआरवाइसीका मदन चन्दले पाँच, राम चन्द र सचिन भट्टले दुई/दुई झारे।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा मङ्सिर २० गतेदेखि सुरु भएको यो प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनोटका रूपमा समेत लिइएको बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए। गत वर्ष सम्पन्न २०औँ संस्करणको बिडिसिए कपको उपाधि दशरथचन्द क्रिकेट एकेडेमीलाई एक विकेटले स्तब्ध पार्दै निङ्गलाशैनी क्रिकेट क्लबले जितेको थियो।


१ पुस २०८१, सोमवार ११:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु