punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमलाई कर्णालीले दियो १०२ रनको लक्ष्य

Chaupati
safha napa

नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ।

काठमाडौं। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा पूरै १० विकेट गुमाएर १०१ रन बनाएको हो ।

कर्णालीका जिशान मक्शूदले ३५ बल खेलेर चार चौका प्रहार गरेका थिए। यस्तै, विलियम बसिस्टोले १६, बाबर हयातले १३ र चाड्विक वाल्टनले ११ रन बनाए।

सुदूरपश्चिमका हर्मित सिंहले सर्वाधिक तीन विकेट लिएका छन्। चार ओभर बलिङ गरेका उनले १७ रन खर्चिएका छन्। भने दीपेन्द्रसिंह ऐरी र स्कट कुग्लेनले दुई/दुई विकेट लिए। यसैगरी सैफ जैबले एक विकेट हात पारे।


१ पुस २०८१, सोमवार ११:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु