punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा छोरीभन्दा छोरा जन्मिने दर बढ्यो

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिममा छोरीभन्दा छोरा जन्मिने दर बढेको छ। २०७८ को राष्ट्रिय जनगणनाको तथ्याङ्कले सुदूरपश्चिमका सबै जिल्लामा छोरा जन्मिने दर बढी देखाएको छ।
प्राकृतिक रुपमा छोराभन्दा छोरी जन्मिने दर उच्च हुन्छ। सन्तुलित जनसंख्याका लागि छोराभन्दा छोरी जन्मने दर बढी हुनुपर्छ। तर सुदूरपश्चिमका सबै जिल्लामा छोरीको अनुपातमा छोरा जन्मिने दर बढेको छ। सुदूरपश्चिममा एक सय छोरी जन्मदा १२० भन्दा बढी छोरा जन्मिएको जनगणनाको तथ्याङ्कले देखाएको छ। राष्ट्रिय जनगणना २०७८ को नतिजाले सुदूरपश्चिममा पाँच वर्षमुनिको लैङ्गिक अनुपात आसमान देखाएको छ।

विगतका जनगणनाको तुलनामा २०७८ को जनगणनाले लैङ्गिक अनुपात ठिक विपरीत देखाएको छ। यहाँका ९ जिल्लामध्ये कञ्चनपुरमा लैङ्गिक अनुपात सबैभन्दा बढी छ। कञ्चनपुरमा एक सय छोरी मान्छे जन्मिदा १२० जना छोरा मान्छेको जन्म हुने गरेको जनगणनाको तथ्याङ्कले देखाएको छ। दोस्रो बढी छोरा जन्मिने कैलालीमा एक सय छोरी जन्मदा ११९ दशमलव ८७ जना छोरा जन्मिने गरेको तथ्याङ्क छ।

पहाडी जिल्ला डोटीमा सबैभन्दा बढी लैङ्गिक अनुपातमा भिन्नता देखिएको छ। डोटीमा एक सय छोरी जन्मदा ११८ दशमलव ८० छोराको जन्म हुने गरेको छ। डडेल्धुरामा एक सय छोरी जन्मदा ११७ दशमलव ७९ छोरा जन्मेका छन् भने बैतडीमा एक सय छोरी बराबर ११४ छोरा जन्मेको तथ्याङ्कले देखाएको छ।

हिमाली जिल्ला दार्चुलामा लैङ्गिक अनुपात ११३ छ भने बझाङका ११०, बाजुरामा १०६ तथा अछाममा लैङ्गिक अनुपात १०४ रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले देखाएको छ। सुदूरपश्चिममा १० वर्षको अवधिमा लैङ्गिक अनुपातमा फेरबदल भएको छ। छोरीभन्दा छोराको जन्म बढी हुनुमा लिङ्ग परीक्षण गरेर गर्भपतन गरिनु मुख्य कारण मानिएको छ।


१ पुस २०८१, सोमवार ११:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु