पार्टीको चुनावमा पनि हारिन् रामकुमारी झाँक्री
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्ष पदमा रामकुमारी झाँक्री पराजित भएकी छन् ।
मंगलबार भएको निर्वाचनको मतपरिणामअनुसार उनी अर्की नेतृ जयन्ती राईसँग पराजित भएकी हुन् ।
सो पदमा विजयी राईले १९८ मत पाइन् भने झाँक्रीले ११३ मत मात्रै पाइन् ।
झाँक्री यसअघि प्रतिनिधिसभा निर्वाचनमा पनि झिनो मतले पराजित भएकी थिइन् ।
एमाले विभाजित भएर एकीकृत समाजवादी बन्दा झाँक्रीले माधव नेपाललाई बलियो साथ दिएकी थिइन् ।
१२ भदौ २०८१, बुधवार ०८:०४ बजे प्रकाशित































