punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

Chaupati
safha napa

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिने भएका छन् ।

मंगलबार लुम्बिनी प्रदेशसभाको चौथौं अधिवेशनको २५औं बैठकमा आचार्यले विश्वासको मत लिने कार्यसूची छ ।

आचार्य प्रदेशसभामा कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा आवश्यक बहुमतको लागि ४४ सांसद चाहिन्छ ।

आचार्यलाई मत दिन नेकपा एमाले र नेपाली कांग्रेसले ह्वीप जारी गरेका छन् ।


४ भदौ २०८१, मंगलवार ०७:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु