punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा डेंगु सङ्क्रमितको संख्या बढ्दै

Chaupati
safha napa

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा डेंगु सङ्क्रमितको संख्या दुई सय ६४ पुगेको छ ।

प्रदेशमा सबैभन्दा बढी कैलालीका ५६, अछामका ५५ र डोटीमा ५५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय डोटीका सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

त्यस्तै कञ्चनपुरमा ३९, दार्चुलामा २०, बाजुरामा १७, बैतडीमा आठ, डडेल्धुरामा नौ र बझाङमा पाँच जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

जनवरीमा १३, फेवु्रअरिमा २४, मार्चमा ३८, अप्रिलमा ३४, मेमा २५, जुनमा ५२, जुलाईमा ५४ र अगष्टको हालसम्ममा २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

डेङ्गुको सङ्क्रमणबाट भने हालसम्म सुदूरपश्चिमका कुनै पनि जिल्लामा कसैको मृत्यु भने नभएको उनको भनाइ छ । एडिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिने गर्दछ ।

डेङ्गुबाट बच्नका लागि पूरा बाहुला भएको लुगा लगाउने, झुलभित्र सुत्ने, घरको झ्याल ढोकामा लामुखुट्टे नछिर्ने जाली लगाउने, घरवरिपरि पानी जन्म नदिने, गमला, प्लेट, फुलदानी, कुलर आदिको पानी हप्तामा एक पटक फेर्नुपर्ने हुन्छ ।

यसैगरी, पानी जम्मा हुने भाँडोलाई लामुखट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझ, बिहान करेसाबारीमा जाँदा, घरबाहिर टहलिँदा लामखुट्टेले नटोकोस् भनेर पूरै सावधानी अपनाउनुपर्ने हुन्छ ।

डेङ्गुको सङ्क्रमण भएमा एक्कासी ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने र वान्ता हुने, दैनिक खानपान वा अन्य काम कुरामा रुची नलाग्ने हुन्छ । यी लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा उपचारका लागि स्वास्थ्यकर्मीको सुझाव छ ।


३१ साउन २०८१, बिहीवार ०९:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु