विश्वकप लिग-२ को तयारीका लागि नेपाली टिम भारत प्रस्थान
आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग २ को तयारीका लागि नेपाली टिम सोमबार भारत प्रस्थान गरेको छ । नेपाली टिम लिग २ को आगामी क्यानडा सिरिजको तयारीमा जुटेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टोलीले भारतको बैंगलुररुस्थित नेसनल क्रिकेट एकेडेमी (एनसीए) मा दुई हप्ता प्रशिक्षण गर्नेछ।
यस प्रशिक्षणले खेलाडीहरुको प्राविधिक पक्षहरुमा योजना बनाउन सहयोग पुर्याउने क्यानको विश्वास छ । क्यानडामा आगामी सेप्टेम्बरमा क्यानडा, नेपाल र ओमानबीच लिग २ को सिरिज हुनेछ । लिग २ को अंक तालिकामा हाल नेपालको अवस्था नाजुक छ । २०२७ को एक दिवसीय विश्वकप प्रतियोगिताको गेटका रुपमा रहेको यो लिग नेपालका लागि महत्वपूर्ण हुनेछ । अघिल्लोपटक शीर्ष चारभित्र रहँदै नेपालले क्वालिफाययर खेलेको थियो र ओडीआई स्टाटस पनि जोगाएको थियो ।
योपटक हालसम्म नेपालले चार खेल खेल्दा मात्र १ जित हात पारेको छ । लिग खेल्ने ८ टिममध्ये नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ ।
२८ साउन २०८१, सोमवार १४:०३ बजे प्रकाशित