punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टीकापुरमा खानेपानीको पैसा हिनामिना

Chaupati
safha napa

टीकापुर, साउन २८ । टीकापुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको लाखौँ रकम संस्थाका पदाधिकारीले हिनामिना गरेको पाइएको छ ।

संस्थाका सचिव मनिष बलायरले २०८० फागुनमा सात लाख ५० हजार रुपैयाँ केही दिनका लागि सापटी लिएको तर हालसम्म फिर्ता नगरेको पाइएको हो ।

यस्तै, पूर्वउपाध्यक्ष गोपी जैसीले नौ लाख ५० हजार रुपैयाँ पेस्की लिएको रकम हालसम्म फिर्ता नगरेको र सो रकम खानेपानी कार्यालयको आव.२०८०/८१ को लेखा परीक्षण प्रतिवेदनमा पनि उल्लेख गरिएको छैन ।

संस्थाका पदाधिकारीले विभिन्न बहानामा संस्थाको पैसा लिने, खर्च गर्ने र फिर्ता नदिने गरेका छन् । व्यक्तिगत खर्चका लागि संस्थाबाट लिएको रकम विभिन्न बहानामा बिल बनाई मिलान गर्ने गरेको पाइएको छ । संस्थाका कार्यवाहक अध्यक्ष सिर्जना शर्मा पण्डितले विगतमा भएका कुरा आफूलाई थाहा नभएको तर वर्तमान कार्यसमिति सचिव बलायरले पाइप किन्ने भनी लिएको रकम बेला बेला तिर्नु पर्छ भनेर ताकेता गर्दा पनि हालसम्म नतिरेको बताउनुभयो ।

संविधान सभा सदस्य हरिलाल ज्ञवालीले एक अर्ब रुपैयाँ लगानी गरेर १४ हजारभन्दा बढी घरधुरीलाई पानी खुवाउने लक्ष्यका साथ बनेको बृहत् संस्थाको रकम नै पदाधिकारीले पेस्की खाने, सापटी लिएर अर्कै काममा प्रयोग गरी संस्था डुबाउने काम गर्न नहुने बताउनुभयो । हाल १५ लाख ७५ हजार लिटर क्षमताका चार वटा आकासे ट्याङ्कीबाट आठ हजार पाँच सय घरधुरीलाई पानी उपलब्ध गराइरहेको टीकापुर खानेपानीलाई नगर विकास कोषको १३ करोड ६७ लाख रुपियाँ ऋण रहेको छ ।

१४ किलोमिटर डिआई पाइप र २२५ किलोमिटर पाइपलाइन बिछ्याएर खानेपानी वितरण गरिएको छ । जमिनमा पाइप बिछ्याउँदा सतह नमिलाएका कारण नयाँ धारा जडान गर्दा १० हजारभन्दा बढी रकम श्रमिक खर्च तिर्नु परेको उपभोक्ता ताराप्रसाद अधिकारी बताउनुहुन्छ ।

वर्तमान कार्यसमितिका अध्यक्ष र कार्यालय प्रमुख टीकापुर नगर विकास समितिको जग्गा घोटाला काण्डमा संलग्न भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बन गरिएको छ । गोरखापत्र


२८ साउन २०८१, सोमवार ०८:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु